काठमाडौं । प्रधानमन्त्री केपी ओली गत सातासम्म अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) मा पार्टीभित्र बहुमत जुटाउन निक्कै कसरतमा लागेका थिए । कुन नेतालाई कसरी मनाउन सकिन्छ भन्नेमै उनको मिहिनेत धेरै थियो । कसैलाई पदीय आश्वासन त कतिपयलाई राष्ट्रपति विद्यादेवी भण्डारी कँहा लगेर आस्वस्त पार्ने सम्मका रणनीति प्रधानमन्त्री ओलीले बनाए ।
तर उनको एमसीसी पारित गराउन पार्टी सचिवालयमा बहुमत पु¥याउने योजना त्यक्तिबेला बिथोलियो, जतिबेला उनलाई सरकारका सबै मोर्चामा सँगै रहेर साथ दिईरहेका गृहमन्त्री रामबहादुर थापाले एमसीसीमा साथ दिन नसक्ने प्रष्ट अडान सुनाईदिए । उपाध्यक्ष वामदेव गौतमले पनि एमसीसीमा प्रधानमन्त्रीको पक्षमा आफु नरहेको आफनो सचिवालयमार्फत एकप्रकारले वक्तब्य नै जारी गरेर प्रष्ट पारिदिए ।
९ सदस्यीय सचिवालयमा गृहमन्त्री थापा (बादल) र उपाध्यक्ष गौतमलाई आफनो समुहमा तान्ने र सचिवालयमा ५ जनाको बहुमत बनाउने योजनामा प्रधानमन्त्री थिए । आफुसँगै रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल साथमा रहेपछि बादल र गौतमलाई साथ लिन सकिए सचिवालयमा बहुमतमा पुग्ने दाउमा ओली थिए । त्यसमाथी प्रवक्ता नारायणकाजी श्रेष्ठ लाई पनि उपप्रधान मन्त्री सहितकोे अफर ओलीले गरेका हुन् । श्रेष्ठले पनि एमसीसी पारित गर्ने शर्तमा मन्त्रीमा नजाने अडान लिईदिए ।
एक पछि अर्काे नेताले उनलाई साथ नदिने प्रष्टै बताइदिएपछि एमसीसी पारित गर्ने उनको योजनामा पार्टीभित्रै बहुमत पुग्ने देखिएन् । उनले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने, उपप्रधान तथा अर्थमन्त्री बनाउने प्रस्ताव गरेका थिए । तर गौतमले त्यसमा सहमति जनाएनन् । उनले एमसीसीमा साथ दिन नसक्ने अडान लिईदिए । त्यसपछि उनले गृहमन्त्री थापालाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउने बताए । गृहमा अहिले नै रहेका बादललाई उपप्रधानमन्त्री समेत थप गर्ने आश्वासन ओलीले दिएका थिए ।
त्यक्तिमात्र होइन, गत साता उनले गृहमन्त्री थापालाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी कँहा लगे । त्यहा राष्ट्रपतिकै सामुन्ने ओलीले गृहमन्त्री थापालाई आफुले उपप्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए । राष्ट्रपति भण्डारीले पनि ओलीलाई पार्टीभित्रका हरेक योजनामा अहिलेसम्म साथ दिएको भन्दै बादलको प्रसंसा मात्र गरेनन, अबका दिनमा पनि साथ दिन आग्रह गरेकी थिइन् । उनले बादललाई एमसीसीमा पनि प्रधानमन्त्रीको योजनामा साथ दिन आग्रह गरेकी थिइन् । प्राय बैठकहरुमा खास नबोली चुपचाप बस्ने राणनीति लिईरहेका बादलले त्यसपछि भने एमसीसीमा ओलीलाई साथ दिन नसक्ने धारणा दिएको गृह स्रोतले भन्यो ।
तत्कालिन समसामायिक विषयमा, सरकार सञ्चालनका विषयमा प्रधानमन्त्रीसँगै म साथमा छु , प्रधानमन्त्रीलाई सहयोग गर्नु मन्त्रीको हैसियतले उपयुक्त पनि हो, तर एमसीसीमा म प्रधानमन्त्रीको रायसँग सहमत छैन, बादलले राष्ट्रपतिकै सामु भनिदिए, एमसीसी परिमार्जन बिना पारित गर्न सकिन्न । बादलले राजनीतिक एजेण्डामा आफु कही कतै अलमलमा नरहेको र राष्ट्रिय हित र स्वार्थका विषयमा आफनो धारणा प्रष्ट रहेको बताएका थिए । बादलले एमसीसी राष्ट्रिय हितमा नरहेको राष्ट्रपतिकै अगाडी बताएका थिए ।
त्यसपछि भने उनले आफुलाई उपप्रधानमन्त्री नदिएपनि गुनासो नरहेको तर एमसीसीमा प्रधानमन्त्रीको धारणासँग सहमत हुन नसकेको बताएका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रपति कँहा लगेर विश्वस्त बनाउने देखि पदीय लोभ देखाउने सम्मका कार्य गर्दा पनि सचिवालयमा बहुमत जुटाउन नसकेपछि अन्ततः पार्टी छलेर सिधै संसदमा लैजान चाहिरहेका छन् ।
पार्टीमा निर्णय गर्नुपर्नेमा प्रचण्ड लगायत नेताहरु र संसदमा लैजानुपर्नेमा प्रधानमन्त्री ओलीका बीचमा समझदारी जुट्न सकेको छैन् । ओलीले विश्वास गरेका गौतम र बादलले पनि उनलाई साथ नदिने प्रष्ट बताएपछि ओली एमसीसी पारित गर्ने आफ्नो योजना थप अप्ठयारोमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असार २०७७, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाज पचाएर पार्टी फुटाउनेहरूले अहिले अध्यादेश ल्याउन लाग्यो भनेर झूट फैलाए : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?
पूर्व राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको दुई घण्टा लामो वार्ता
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता
चीनमा नेपाली चिया निर्यात गर्न सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री ओली
बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियानलाई प्रधानमन्त्री ओलीले दिए शुभकामना