भैरहवा । लद्दाखमा भारत र चीनबीच तनाव चुलिँदै गएका बेला भारतीय सेनामा कार्यरत नेपाली सुनौली नाका हुँदै भारततर्फ जान थालेका छन् । रुपन्देहीको सीमावर्ती बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले भारतीय सेनामा कार्यरत नेपाली चार–पाँच दिनदेखि भारत गइरहेको बताए ।
भारततर्फ जानेको अभिलेख नराखिने भएकाले संख्या यकिन नभएको बताए । ‘दिनमा १२/१५ जना गइरहेका छन्,’ उनले भने, ‘उनीहरु लकडाउन हुनुपूर्व बिदामा घर आएका भारतीय सैनिक हुन् । बिदा सकिएपछि र लकडाउन केही खुकुलो भएपछि उनीहरु फर्किएको हुनुपर्छ ।’
लकडाउनका कारण भारतमा पनि यातायातका साधन सञ्चालन नभएकाले घर आएका भारतीय सैनिक फर्कन पाएका थिएनन् । भारत र चीनबीच तनाव बढेका बेला उनीहरूलाई बोलाएको अनुमान गरिएको छ ।
भारततर्फ जाने ती सैनिकले सुनौलीबाट गन्तव्य स्थलसम्मको यातायातको साधनको प्रबन्ध आफैले गर्ने गरेका छन् । भारत सरकारले केही दिनदेखि सुनौलीबाट विभिन्न स्थानका लागि रोडवेजका बस सञ्चालनमा ल्याएको छ । सुनौलीदेखि करिब १ सय किमि अगाडि गोरखपुरबाट रेल सेवा सञ्चालन गरेको छ । भारतीय सेनामा कार्यरत नेपालीलाई छाड्न र लिन पहिला सुनौली नाकासम्म भारत गोरखपुरको कुडाघाटस्थित गोर्खा रेजिमेन्टको बस आउने जाने गर्थ्यो । अहिले त्यो सेवा उपलब्ध छैन । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०३ असार २०७७, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय सेनालाई मार्च १५ सम्ममा देश छाड्न माल्दिभ्सले दियो अल्टिमेटम