कांग्रेस संसदीय दलको बैठक बस्दै

सफल खबर संवाददाता

शनिबार, ३१ जेठ २०७७, १२ : ०३
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । 

आज दिउँसो १२:३० बजे बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको काँग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

संविधान संशोधन र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस