चितवनमा फुड एम्बुलेन्स सेवा सञ्चालन, अब घरमै आउँछ खाजा र किराना सामग्री

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०७७, १३ : ५४
चितवनमा फुड एम्बुलेन्स सेवा सञ्चालन, अब घरमै आउँछ खाजा र किराना सामग्री

चितवन । चितवनमा फुड एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । युवा उद्यमी दिलिप शर्मा, सुधिर ढकाल र शार्दुल ढकालले सो सेवा सञ्चालन गरेका हुन् ।

फुड एम्बुलेन्समार्फत ग्राहकरुको घरघरमा विभिन्न होटल तथा रेष्टुरेन्टको खाना, खाजाका साथै दैनिक उपभोग्य वस्तु (किराना सामग्री, दुधदही र तरकारी) होमडेलिभरि गरिने सञ्चालक दिलिप शर्माले बताए । 

भरतपुरको बजार क्षेत्रमा यस सेवा सञ्चालन गरिएको हो । ग्राहकहरुले माग गरेको सामान डेलिभरी शुल्क नलिई बजार मूल्यमा नै उपलब्ध गराइने शर्माले जानकारी दिए । 

कोरोना भाइरस (कोभिड– १९) को माहामारीका बेला मानिस सानोतिनो काममा बाहिर निस्किन नपरोस भन्ने उद्देश्यले सामाजिक दुरी कायम गर्दै सेवा सञ्चालन गरिएको सञ्चालक शमाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस