लकडाउन सहजीकरण गर्ने विषयमा बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

सफल खबर संवाददाता

बुधबार, २८ जेठ २०७७, १९ : १६
लकडाउन सहजीकरण गर्ने विषयमा बालुवाटारमा मन्त्रिपरिषद्को  बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले लकडाउनको मोडालिटीबारे टुङ्गो लगाउने अनुमान छ ।

सरकारको लकडाउन सर्वसाधारणले क्रमशः उल्लंघन गरेपछि सरकार वाध्यभएर लकडाउन खुकुलो बनाउने रणनीतिमा लागेको छ । यद्यपी कसरी लकडाउन खोल्ने भन्नेमै सरकार हप्तौ अलमलिरहदा सर्वसधारणले आफै लकडाउनको उल्लंघन गर्दै सडकमा विरोधमा निस्कन थालेका हुन् ।

आजको क्याविनेट वैठकले त्यसको मोडालिटीका विषयमा निर्णय लिने सम्भावना रहेको एक मन्त्रीले बताए । यसका लागि ५ चरणको तयारीमा अहिले सरकारले छलफल गरिरहेको छ  । मोडालिटी तयार पार्न उपप्रधानमन्त्री पोखरेल नेतृत्वको उच्चस्तरीय समितिलाई जिम्मा दिएको पनि हप्तौ वितेको छ ।

तर यसले मोडालिटी तयार पार्नमै अलमल गरेपछि सर्वसाधारणले सरकारी रवैयाको विरुद्दमा आवाज उठाउन थालेका छन् । आजको मन्त्रिपरिषद् वैठकले भने केही न केही मोडालिटी तय गर्ने तयारी गरेको एक मन्त्रीले वताए ।

प्रतिक्रिया दिनुहोस