धनधान्याचल महोत्सवको आय–व्यय सार्वजनिक तथा हस्तान्तरण

सोमबार, २६ जेठ २०७७, १७ : ४०
धनधान्याचल महोत्सवको आय–व्यय सार्वजनिक तथा हस्तान्तरण

 चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला धनधान्याचल महोत्सवको आय व्यय सार्वजनिक एवम् हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला धनधान्याचल महोत्सव मूल समारोह समितिले आज रंगशाला निर्माण स्थलमा आय व्यय सार्वजनिक तथा हस्तान्तरण गरेको हो । मूल समारोह समितिका संयोजक विजय सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल, बागमती प्रदेश सांसद कृष्ण भुर्तेल, गीता वाग्ले, धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस, नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार, भरतपुर महानगर प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी समारोह समितिका कोषाध्यक्ष दिनेश चुकेलगायतको उपस्थिति रहेका थियो ।
कार्यक्रममा सात करोड १४ लाख ५६ हजार ६८४ रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष दिनेश चुकेले धनधान्याचलमा बोलकबोलबाट ६१ करोड ५० लाख रुपैयाँ संकलन भएको बताए । उनका अनुसार सरकारी स्तरबाट ५१ करोड ६० लाख र निजीबाट ९ करोड ९० लाख संकलन भएको थियो । 


 

प्रतिक्रिया दिनुहोस