काठमाडौ । चौतर्फी विरोधपछि अर्थ मन्त्रालयले कर तिर्ने समय सार्ने तयारी गरेको छ । लकडाउन कायमै रहेका बेला कर तिर्न सूचना प्रकाशित गरेपछि आलोचित बनेको मन्त्रालयले मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तशुल्क तिर्ने जेठ २५ गतेबाट सार्न लागेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग बुधबार भएको छलफलमा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कर तिर्ने जेठ २५ को समयसीमालाई पर सार्न आफूहरु तयार भएको बताए ।
लकडाउनपछि आर्थिक गतिविधि ठप्प भएपछि सरकारलाई कर तिर्न नसकिने भन्दै बुधबार सरकारको चर्को आलोचना भएको थियो । त्यसपछि सरकार जेठ २५ को समयसीमा सार्न लागेको हो । अर्थले मिति पर सारे पनि कहिलेसम्म तिर्नेभन्ने मिति तोकेको छैन । यद्यपि, अहिलेको समयलाई पर सारिने भएको हो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अर्थमन्त्री पुनले गरे साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसँग छलफल
इलामको योजना सूची लिएर सुहाङ अर्थ मन्त्रालयमा
माओवादी सम्बद्ध डेढ जर्दन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
अमेरिका भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री पुन
अर्थ मन्त्रालयद्वारा सरकारी खर्चमा तीव्रता
अर्थतन्त्र चलायमान बनाउनु सरकारको प्रमुख लक्ष्य : अर्थमन्त्री पुन