काठमाडौँ । बैतडीको चौडी नगरपालिका–४ भटनाका हरिश लुहार श्रीमती सुनिता र डेढ वर्षका छोरासहित भारतको पन्जाबबाट जेठ १६ मा गौरीफन्टा नाका हुँदै घर फर्किए ।
उनीहरु तीनै जनालाई आइतबारदेखि गाउँकै मालिका माविको क्वारेन्टिमा राखियो । सोमबार साँझ २२ वषर््ीयासुनिताले तीन पटक भित्रबाहिर गरिन् । कोठामा आएर छटपटाइन् । केहीबेरमै उनको ज्यान गयो ।
आजको कान्तिपुर दैनिक लेख्छ–एक वर्षदेखि मुटुको बिरामी रहेकी उनको नियमित खाने औषधि सकिएको १२ दिन भएको थियो । काठमाडौंस्थित शहिद गंगलाल हृदयरोग केन्द्रका चिकित्सकको सिफारिसमा उनले औषधि खाँदै आएकी थिइन् ।
भारतबाट काठमाडौं उपचार गराउने सोचेर फर्केका थियौं’, हरिशले भने, ’, हरिशले भने, ‘दिनको ३ पटक खाने औषधि १२ दिनअघि नै सकिएको थियो, औषधि नपाएरै ज्यान गयो ।’
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २१ जेठ २०७७, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लाको खार्पुनाथमा एक महिनादेखि औषधि अभाव
हुम्लामा औषधि अभाव, बिरामी मर्कामा
नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही
वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी
विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्रीवितरणमा रोक