नीति कार्यक्रममा आज पनि छलफल, भोलि प्रधानमन्त्रीको जवाफ

सफल खबर संवाददाता

सोमबार, ०५ जेठ २०७७, १० : ११
नीति कार्यक्रममा आज पनि छलफल, भोलि प्रधानमन्त्रीको जवाफ

काठमाडौं । सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आज पनि सांसदहरुले छलफलमा भाग लिदैछन् । काँग्रेस लगायतका प्रतिपक्षी दलहरु एकगठ भएर सरकारको कार्यक्रम हावादारी भएको टिप्पणीमा उत्रेपछि सत्ता पक्षका सांसदहरु त्यसमा पनि प्रधानमन्त्री ओली पक्षका सांसदहरु खरो बचाउमा उत्रिरहेका छन् ।

सरकारले कोरोना संक्रमण केन्द्रीत नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा ध्यान अन्यत्र समेत पनि मोडेको आरोप प्रतिपक्षले लगाईरहेका छन् । सत्तापक्षकै वरिष्ठ नेताहरुले पनि सरकारको नीति तथा कार्यक्रम चुनौतीपूर्ण रहेको, १०, १५ वर्षमा पनि पूरा हुने हो÷होइन भन्ने खालका कार्यक्रम पनि समेटेको र विगतका समिक्षामा अनावश्यक समय खर्चेर नीति तथा कार्यक्रम ल्याएको आरोप सरकार माथी छ ।  

प्रतिपक्षले पूर्नलेखन गर्न जोड गरेपछि प्रधानमन्त्री ओलीले संसदमा रहेका दलका उपनेता, प्रमुख सचेतक, सचेतक लगायतका सांसदलाई बोलाएर प्रतिरक्षामा उत्रन आफ्ना सांसदहरुलाई निर्देशन दिन आग्रह गरेका थिए । 

ओली आफैले पनि समुह समुहमा नेताहरुलाई बोलाएर काँग्रेस लगायत प्रतिपक्षले नीति कार्यक्रममा गर्ने आलोचनाको जमेर प्रतिवाद गर्न आग्रह गरेका थिए । शनिबारबाट शुरु भएको नीति तथा कार्यक्रममाथीको टिप्पणीमा प्रधानमन्त्री ओलीले भोलि जवाफ दिने कार्यक्रम छ । 

नेकपाले आफ्ना सांसदहरुलाई उपत्यका नछोडन निर्देशन गरिसकेको छ । संसदको कार्यब्यवस्था परामर्श समितिको बैठकले नीति कार्यक्रममा तीन दिन छलफल गरेर पारित गर्ने योजना बनाएको थियो । सोही अनुसार आज सम्म सांसदहरुले कार्यक्रममाथी छलफलमा भाग लिनेछन् । भोलि मंगलबार प्रधानमन्त्रीले जवाफ दिएपछि पारित गर्ने योजना छ । 
 

प्रतिक्रिया दिनुहोस