डिनरको बाहाना गरेर राति बोलाउँथे फिल्म निर्माता : अभिनेत्री शर्लिन चोपडा

एजेन्सी

शुक्रबार, २६ बैशाख २०७७, १८ : ३७
डिनरको बाहाना गरेर राति बोलाउँथे फिल्म निर्माता : अभिनेत्री शर्लिन चोपडा

एजेन्सी । फिल्म उद्योगमा ‘कास्टिङ काउच’ को घटना बाहिर आइरहन्छन् । हालै बलिउडकी अभिनेत्री चित्रांगदा सिंह र अभिनेता आयुष्मान खुराना समेत यसको शिकार भएको समाचार बाहिरिएको छ । 

यसैबीच, बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडाले कास्टिङ काउचको अनुभवको बारेमा बताएकी छिन् । उनले आफ्नो करियरको शुरुवाती दिनहरुका बारेमा बताउँदै काउस्टिङ काउचको शिकार भएको खुलासा गरेकी हुन् । 

उनले करियरको शुरुवातमा फिल्म निर्माताहरुले खाना खाने बाहानामा बुलाउने बताएकी छिन् । उनले कास्टिङ काउचलाई ‘डिनर’ नामको कोर्ड दिइन्थ्यो । म उनीहरुलाई कामको लागि आग्रह गर्थें । उनीहरु मलाई डिनरमा भेट्ने आश्वासन दिन्थे । उनीहरु रातको ११/१२ बजेतिर डिनरको लागि बोलाउँथे ।’

शर्लिनले ४/५ पटक डिनरमा गएपछि ‘डिनर’ को अर्थ बुझेको बताइन् । उनले भनिन्, ‘मैले डिनरको मतलब बुझेँ । त्यसपछि मैले आफू डाइटिङमा भएको र बिहान ब्रेकफास्टको लागि बोलाउँन आग्रह गरेँ ।’

प्रतिक्रिया दिनुहोस