संकटको समयमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : राजेन्द्र अर्याल

बुधबार, २४ बैशाख २०७७, १७ : २१
संकटको समयमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : राजेन्द्र अर्याल

चितवन । विज्ञापन व्यवसायी एवं एनआईसी एसिया बैंकका संचालक राजेन्द्र अर्यालले संकटको समयमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । उहाँले रेडियो भरतपुरको समाचार बुलेटिनको नयाँ धुन सार्वजनिक गर्ने क्रममा यस्तो बताउनु भएको हो ।

अर्यालले जस्तोसुकै संकटको समयमा सञ्चारमाध्यमको भुमिका महत्त्वपूर्ण हुने र सञ्चारमाध्यमले सरकारमाथि निगरानी गर्ने गरेको बताउनुभयो । उहाँले सबै खाले बेथिति र अन्याय विरुद्ध बोल्ने काम रेडियोले गरेको र यसको प्रभाव गाउँ गाउँमा रहेको दाबी गर्नुभयो ।

अर्याल संचालक रहेको एन आई सि एसिया बैंकले ब्रान्डको भ्यालु र पोजिसन ब्रेक गरेकोले चौतर्फी प्रशम्सा भएको छ । अर्यालले संचालन गरेको त्रिकोण एड नेपालमा ठुला ठुला ब्रान्ड जस्तैः आयो नुन ,गोरखकाली टायर,भाटभटेनि ,आर एम सि ,फेमिली तेल सहित थुप्रै बैक बित्तीय सस्था र कर्पोरेट कम्पनीको बिज्ञापन बनाएर स्थापित भएको छ ।

सृजनात्मक र रचनात्मक कार्यक्रमको साथमा स्थानीय स्तरमा रेडियो भरतपुर आवाज बिहिनहरुको आवाज बन्न सफल भएको रेडियोका अध्यक्ष नवीनराज पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस