नेपालीको प्रतिव्यक्ति आम्दानी बढ्यो

बुधबार, १७ बैशाख २०७७, १८ : १८
नेपालीको प्रतिव्यक्ति आम्दानी बढ्यो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आम्दानी बढेको तथ्यांक केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको छ । 

एक व्यक्तिको बार्षिक औसत आम्दानी १ लाख २६ हजार १८ रुपैयाँ पुगेको छ । अर्थात एक व्यक्ति १ हजार ५ डलर आम्दानी पुगेको छ । विभागकै अनुसार अघिल्लो वर्ष प्रतिव्यक्ति आम्दानी १ लाख १७ हजार २ सय ६ रुपैयाँ थियो । 

यता चालु आर्थिक वर्ष (२०७६ । ७७)  नेपालको अर्थतन्त्रको आकार बढेर ३७ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष ३४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो । आज विभागले तथ्यांक सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस