विश्वमा कोभिड १९: २४ देशमा नेपाली प्रभावित, कुन देशका कति नेपालीले ज्यान गुमाए ?

सफल खबर संवाददाता

सोमबार, १५ बैशाख २०७७, १८ : २४
विश्वमा कोभिड १९:  २४ देशमा नेपाली प्रभावित, कुन देशका कति नेपालीले ज्यान गुमाए ?

काठमाडौँ । विश्वभर फैलिएको छ कोरोना भाइरस महामारी (कोबिड–१९)  । प्राप्त विवरण अनुसार साँझसम्म मृत्यु हुने गैर आवासीय नेपालीहरुको संख्या ४९ पुगिसकेको छ । गैरआवासीय नेपाली संघ अन्तरगतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्की १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो । 

स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर १ हजार ९ सय ८३ जना  गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । नेपालमा ५२ जना छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २४ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।

 नेपालमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने १२ जना कोरोना मुक्तको भएको समितिले जनाएको छ । यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय  नेपाली मध्ये ४ सय ३४ जना कोरोना मुक्त भएको सो समितिले जनाएको छ ।

संक्रमित हुनेमा देशहरुमा अमेरिका १ हजार, युके ७ सय, युएई ८१, बहराइन ४९, कुवेत ४२, प्रोतुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, स्वीजरल्याण्ड ५, बेल्जियम ६, साउदी अरब ४, जर्मनी ४, मलेशिया ३, क्यानाडा ३, न्युजरल्याण्ड ३, साईप्रस ३, जापान २, हङकंङ २, मल्टा २ र फ्रान्स १ संक्रमित रहेको समितिले जनाएको छ ।