काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज गरेकी छिन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति सो अध्यादेश खारेज गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ ।
आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।
सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । ती अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।
उक्त अध्यादेशको चौतर्फी विरोध भएपछि सरकारले फिर्ता लिएको हो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अध्यादेश अघि बढाउने सत्तारुढ दलहरुबीच सहमति
अध्यादेश राष्ट्रिय सभाबाट पनि बहुमतले पारित हुनेमा प्रधानमन्त्री विश्वस्त
अध्यादेश पारित गर्न गणपूरक संख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ
सरकारले ल्याएको अध्यादेश आज निर्णयार्थ पेस नहुने
अध्यादेश पारित गर्न राष्ट्रिय सभामा जसपा निर्णायक