काठमाडौँ । गोरखा घर भई काठमाडाँैं बस्दै आउनुभएका २७ वर्षीया नाना थापाले अस्पताल जान नपाएपछि यसअघि देखाएको कार्डमा रहेको फोनमा सम्पर्क गरेर सेवा लिनुभएको छ । थापाथलीस्थित परोपकार तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)बाट सेवा लिइरहनुभएको उहाँको यो दोस्रो गर्भ हो ।
अहिले छ महिना भइसकेको छ र कुनै समस्या नभएकाले फोनमा चिकित्सकले दिएको सल्लाहअनुसार नै खाना खाने र व्यायाम गर्दै आउनुभएको छ । यस्तै नुवाकोट घर भई काठमाडाँैंमा बस्दै आउनुभएकी कला तामाङको पनि दोस्रो गर्भ पाँच महिनाको छ । उहाँले समस्या भएमा कहाँ र कसरी सेवा लिनेबारे जानकारी राखेको पाइएन । प्रसूति गृहले बन्दाबन्दी (लकडाउन)का कारण अस्पतालसम्म आउन नसक्नेलाई घरमै बसेर सेवा उपलब्ध गराउन थालेपछि थापाजस्ता धेरैले यसको फाइदा लिइरहनुभएको छ ।
अस्पतालका निर्देशक डा. जगेश्वर गौतमका अनुसार कोरोना सङ्क्रमण नहोस् भन्ने उद्देश्यले अस्पतालको बहिरङ्ग सेवा बन्दाबन्दीको अवधिभर बन्द गरिएको छ । यसबेला अस्पतालमा गर्भवती अवस्थाबारे जाँच गराइरहेका गर्भवतीका लागि टेलिफोन नं. ४२६०४०५ मा सम्पर्क गरी डाक्टरसँग सल्लाह लिन सकिने छ ।
अस्पतालका अनुसार बन्दाबन्दीका कारण टाढाबाट प्रसूतिका लागि आउन नसक्दा अस्पतालमा सुत्केरी हुने सङ्ख्यामा कमी आएको छ । सेवा लिन जत्ति आउँछन्, सबैलाई अस्पतालका तर्फबाट उपलब्ध गराउने सुविधा सेवा प्रदान गरिएको छ,’ निर्देशक गौतमले भन्नुभयो । दैनिक ७० देखि ८० जनासम्मले प्रसूति सेवा लिने यस अस्पतालमा कोभिड–१९ बाट उत्पन्न सङ्कटबाट नागरिकलाई बचाउन लागू गरिएको बन्दाबन्दीको अवस्थामा दैनिक सरदर ६० जनाले मात्र सेवा लिइरहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा शिवा तामाङले लेखेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०९ बैशाख २०७७, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रेका बाढी प्रभावित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण
बाजुरामा गर्भवतीको हेलिकप्टरबाट उद्धार
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
झापामा गर्भवती र सुत्केरीलाई पौष्टिक पिठो
बाजुरामा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार