देउवा नेतृत्वको सरकारको निर्णय उल्ट्याउँदै नयाँ राष्ट्रियसभा सदस्यको नाम सिफारिश

मंगलबार, ०८ फागुन २०७४, १० : १२
देउवा नेतृत्वको सरकारको निर्णय उल्ट्याउँदै नयाँ राष्ट्रियसभा सदस्यको नाम  सिफारिश

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  नयाँ राष्ट्रियसभा सदस्यको नाम  सिफारिश गरेको छ । बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र बिमला  पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो ।

यसअघि देउवा सरकाले गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको नाम  राष्ट्रिय सभा सदस्यको नियुक्तिका लागि  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो  । तर, केपी ओली नेतृत्वको सरकारले सो निर्णयलाई बदर गर्दै नयाँ सदस्य सिफारिश गरेको हो ।

राष्ट्रियसभामा ५९ जना सांसदमध्ये ५६ जना प्रत्येक प्रदेशबाट ८-८ जनाका दरले चुनिएर आउनेछन् भने ३ जना राष्ट्रपतिद्धारा मनोनित हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस