काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट बच्न काठमाडौंबाट बनेपा– धुलिखेल हुँदै पैदल यात्रा गरी घर जाने विभिन्न जिल्लाका सर्वसाधारणलाई सडकमा जुत्ता चप्पल र पिउने पानी राखिएको छ ।
धेरै पैदलयात्रु खाली खुट्टा फर्किदै गरेको समाचार प्रवाह भएपछि स्थानीयले यात्रुको सुविधाका लागि यस्तो गरिदिएका हुन् । स्वयमसेवकका पहलमा प्रयोग गरिसकेको जुत्ता चप्पल यात्रुलाई लगाउन मिल्ने गरी धुलिखेलचोकमा राखिएको छ ।
लकडाउनको अवधिमा पसल बन्द हुने र यात्रुलाई लामो दुरी हिँड्दा खाली गोडा हिँड्न नपरोस् र उनीहरुलाई हिँड्न सहज होस् भनी सडकमा जुत्ता राखी दिएको हो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन
वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट
वर्षापछि पहिरो खस्दा विभिन्न ठाउँमा सडक अवरुद्ध
नारायणगढ–बुटवल सडक दैनिक चार घण्टा बन्द
काभ्रे–कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै