साल्टट्रेडिङ चितवनको सुपथ मूल्यको पसलमा १ करोड २२ लाख बढीको कारोवार

आइतबार, ३० चैत्र २०७६, १८ : ३२
साल्टट्रेडिङ चितवनको सुपथ मूल्यको पसलमा १ करोड २२ लाख बढीको कारोवार

चितवन । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड नारायणगढ चितवनले लकडाउनलाई मध्यनजर गर्दै सुपथ मूल्यको पसल सञ्चालन गरिरहेको छ । ११  गतेदेखि जारी लकडाउनले खाद्यय बस्तुको अभाव र कालोबजारी हुन नदिन कार्यालय परिसरमा दशैं तिहारमा सञ्चालनमा ल्याएको जस्तै सुपथ मूल्यको पसल सञ्चालनमा ल्याईएको कार्यालयका प्रमुख बुद्धि बिनोद दाहालले बताउनु भयो । 

नेपाल सरकारले जनहितमा जारी गरेको सबै सुरक्षा बिधि अवलम्वन र सामाजिक दुरी समेत कायम गरी पसलबाट कारोबार गरिएको दाहालको भनाई छ । लकडाउनको २० दिनको अअधिमा १ करोड २२ लाख ९२  हजारको कारोबार भएको दाहालले बताउनु भयो ।

आयो नुन  ५८ लाख ७२ हजार ८१५ रुपैयाँको ३ लाख १७ हजार १९४ केजी,  चिनी  ३१ लाख ७३ हजार १६४ रुपैयाँको ४३ हजार ४६८ केजी पिठो ११ हजार ६१५ रुपैयाँको २०२ केजी , मस्यौरा २६ हजार ९१ रुपैयाँको ३३८ पाकेट, चामल ११  लाख ७६ हजार २५ रुपैयाँको २० हजार ९ सय ५ केजी,  चिउरा  ६१ हजार २० रुपैयाँको १ हजार ८५ केजी, मसला २२ सय ५५ रुपैयाको १७ पाकेट, तेल ३६ हजार १७० रुपैयाँको २१० लिटर,  चिया पत्ति ८ हजार ३६० रुपैयाको ३४ पाकेट, दाल गेडागुडी ३५ हजार ९५ रुपैयाको  २९० केजी, रासायीनक मल १८ लाख ८९ हजार ३९० रुपैयाको १५ सय ८६ बोरा बिक्री भएको दाहाल बताउनु हुन्छ । 

कर्पोरेशनले यसभन्दा पहिला पनि कठिन समयमा सहज रुपमा नुन चिनी लगायतका खाद्यान्न बिक्री गर्दै आएको बताउँदै दाहालले आफूहरुकोमा प्रयाप्त मात्रामा खाद्य बस्तुको भण्डारण गरिएकाले कुनै पनि चिन्ता लिनुपर्ने अवस्था नभएको बताउनु भयो ।  यो जटिल अवस्थामा खाद्य बस्तुको कृतिम अभाव सृजना गरी मूल्यवृद्धि नगर्न उहाँले व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस