काठमाडौँ । विदेशबाट फर्किएका १३३ मध्ये चार जना क्वारेन्टाइनमा र दुई जना आइसोलेशनमा बसेका छन् । बाँकी १२७ जना आफ्नो घरमा नै बसिरहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार विगत दुई साताको अवधिमा विदेशबाट १३३ जना जिल्ला फर्किएका छन् । तीमध्ये भारतबाट फर्किएका सिद्धिचरण नगरपालिकाका दुई किशोरीलाई ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ ।
जिल्ला प्रशासन कार्यालयको आग्रहमा जिल्लाका आठ वटै स्थानीय तहले आ—आफ्नो पालिकाभित्र हालसालै विदेशबाट फर्किएका नागरिकको खोजी गरिरहेका छन् । स्थानीय तह र स्वास्थ्य शाखामार्फत विदेशबाट फर्केका नागरिकको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । उहाँका अनुसार अहिले क्वारेन्टाइनमा नबस्नेलाई घरैमा १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।
क्वारेन्टाइन व्यवस्थित नहुँदा र आवश्यक चेतनाको कमीका कारण विदेशबाट आएका १ सय २७ अधिकाँश व्यक्ति घरैमा बसेका छन् । उनीहरु खुल्ला रुपमा घरमै बस्दा सङ्क्रमणको जोखिम बढेको सुनकोशी गाउँपालिका—१० का वडाअध्यक्ष झनक कार्कीले बताउनुभयो । विदेशबाट आएका व्यक्ति स्वास्थ्य परीक्षण समेत नगरी घरैमा बसेका कारण गाउँघरमा सङ्क्रमणको त्रास बढेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २० चैत्र २०७६, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ पशुलाई चौध दिन क्वारेन्टाइन