भारतसँग जोडिएका नाका बन्द गर्न प्रदेश नम्बर एकको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, ०७ चैत्र २०७६, १६ : ३८
भारतसँग जोडिएका नाका बन्द गर्न प्रदेश नम्बर एकको आग्रह


विराटनगर । प्रदेश नम्बर एकले छिमेकी मुलुक भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ।

शुक्रबार मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग जोडिएको नाका बन्द गर्न  केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो।

प्रदेश १ मा काँकडभिट्टा, पशुपतिनगर, भद्रपुर र विराटनगरसँग जोडिएको रानी नाका सञ्चालनमा छन्। यस्तै बैठकले एक साताभित्र ५० शैयाको आपतकालीन अस्पताल पनि बनाउने निर्णय गरेको छ। 

कोरोना जोखिमलाई लिएर प्रदेश सभा बैठक पनि अनिश्चितकालको लागि स्थगित भएको छ। 

प्रतिक्रिया दिनुहोस