रहेनन् प्रकाश दाहाल

आइतबार, ०३ मंसिर २०७४, ०८ : ५७
रहेनन् प्रकाश  दाहाल

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधन भएको छ ।

गम्भिर बिरामी भएर अस्पताल भर्ना भएका दाहालको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । तर, अस्पतालले भने औपचारिक जानकारी दिएको छैन ।

आज बिहान ५ बजेर ३८ मिनेट जाँदा उनलाई हृदयघात भएपछि उनलाई बिहान ६ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो।

वाइसीएलका अध्यक्ष दीपशीखाले दिएको जानकारी अनुसार प्रचण्ड बिराटनगरबाट काठमाडौँ आउँछन् भने पत्नी बिना मगर कञ्चनपुरबाट काठमाडौँ आउँदैछिन् ।

यति बेला अस्पतालमा सञ्चारकर्मी तथा सुरक्षाकर्मीको बाक्लो भीड रहेको छ ।

अस्पतालले केही बेरमा पत्रकार सम्मेलन गर्नेछ ।

प्रकाश प्रचण्डका एक्लो छोरा हुन् । तीन छोरी रहेकोमा जेठी छोरी ज्ञानु दाहालको क्यानसर रोगबाट निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस