काठमाडौँ । शंका लागेर टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका चार जनामा कोरोना भाइरसको संक्रमण नरहेको प्रयोगशाला परीक्षणको रिपोर्टले देखाएको छ ।
रिपोर्ट आएपछि अस्पतालले शुक्रबार तीन जनालाई ‘डिस्चार्ज’ गरेको डा. अनुप बास्तोलाले बताए । उनका अनुसार चारमध्ये ५६ वर्षीया महिलालाई निमोनियाको समस्या देखिएकाले अर्को वार्डमा सारेर उपचार जारी राखिएको छ ।
अमेरिकाबाट आउँदा कतारको ट्रान्जिटमा पाँच घण्टा बस्नुपरेपछि उनलाई छातीसम्बन्धी समस्या देखिएको थियो । त्यसपछि उनी आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् । दुई पटक परीक्षण गर्दा पनि कोरोना नदेखिएको डा. बास्तोलाले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०१ चैत्र २०७६, ०६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै