रौतहट बम कान्डमा परेका ५ बर्षीय बालक सहित ४ जनाको उपचार भरतपुरमा हुदै

शनिबार, ०२ मंसिर २०७४, २० : ३३
रौतहट बम कान्डमा परेका ५ बर्षीय  बालक सहित ४ जनाको उपचार भरतपुरमा हुदै

भरतपुर l रौतहटको चपुर ५ चिडियादह  सिनिवार एकाएक बमबारीले  आक्रान्त भयो । बमको निसानामा ७ बर्सिय जैबिक राइ ,३० बर्षीय सरिता राइ , ४२ बर्षीय लक्षमी राइ लगायत १२ जना परेका थीय ।
      
" सनिवार चपुरमा बाम गठबन्धनको चुनाबी सभा सकियलगतै गठबन्धनका कार्यकर्ता गन्तब्य तर्फ जादै थिए ,हामी आफ्नो काम सकेर धर जाने तयारीमा थियो एकाएक ठूलो आवाज आयो ,धुलाम्मे भयो मरो आबोध ५ बर्षीय भतिजो जैबिक ढलेको देखे बैनि सरिता तेस्तै थुप्रै जना ढलेको देखै मलाइ पनि टाउकोमा चोटलाग्यो बॉकी के के भयो पत्तै पाइन ,होसमा आउदा चितवनको अस्पतालमा रहेछु सनिवार साझ भरतपुरको नया मेडिकल कलेजको सैयामा रहेकी " लक्ष्मी राइले भनिन् ।

 राइको टाउकोमा गम्बिर चोटदेखियको छ । ५ बर्षीय  जैबिक अझै अचेत अवस्थामै अस्पतालको सैयामा छट्पटाइरहेका छन् ।उनको टाउको  कम्मर र खुट्टामा गम्बिर चोटलागेको छ ।तेस्तै अचेत रहेका जैबिककी आमा सरिता पनि अचेत छिन् उनको टाउको छात्ती र खुट्टामा गम्बिर चोट देखियको उपचारमा संलग्न चिकित्सक डा दयाराम लमसालले बताए ।आमा छोराको अवस्था गम्बिर छ हामी उपचारकै क्रममा छौ यसै भन्ने अवस्था छैन डा लमसालले बताय ।

बम बिस्फोटनका क्रममा घाइते भयका १२ जना मध्य अन्य ९ जनाको चपुर स्थित अस्पलालमा उपचार भैरहेको  रौतहट प्रहरीले बतायको छ ।चुनाव बहिस्कारमा लागेको बिप्लब समुहले सर्बसाधारणलाइ लक्षितगरी पड्कायको भनियको बमकान्डको बिप्लब समुहले भनै अहिले सम्म जिमामा लियको छैन ।

यसैबिच कायरता पूर्ण र अपराधीक धटनाको बाम गठबन्धन रौतहटले बिरोध र भ्रत्सना गर्दै यस्ता कायरतापूर्ण धटना र चुनाब बिरोधी गतिबिधीको सक्रिय मुकाबिला गर्ने जनायको छ ।

    मेरो भइलाइ बम पड्काउनेलाइ पाप लाग्छ -सबिन राइ

अस्पतालबाट घर फर्किदै गरेका हामी भाइ ,आमा र काकीलाइ बमपड्कायर अचेत बनाउनेलाइ पाप लाग्छ ,भगवान त्यो पापीलाइ सराप दिनुहोला ,सनिवार साझ अचेत नाबालक भाइ र आमालाइ हेर्दै अस्पताल परिसरमा रोहिरहेका सबिन राइले भने के अपराध गरेको थियो मेरो भाइले रुकिन पड्काइयो बम ,र मलाइ पनि मारिदेउ भन्दै रोहिरहेका १० बर्षीय सबिनले बिलौना गरिरहदा अस्पताल परिसरमा रहेका सबैको आखा रसायका थिए ।

प्रतिक्रिया दिनुहोस