काङ्ग्रेस नेता पौडेललाई लक्षित गरि तनहुँमा बम प्रहार

शनिबार, ०२ मंसिर २०७४, १६ : २७
काङ्ग्रेस नेता पौडेललाई लक्षित गरि तनहुँमा बम प्रहार

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु–१० नेपाल डाँडामा प्रेसर कुकुर बम प्रहार भएको छ ।

वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै थिए । करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी बम प्रहार भएको हो । वमप्रहारबाट पौडेल सवार साधनको सिसा फुटेको छ ।

पौडेल र उनीसँग रहेका टोलीका सदस्यहरु भने सुरक्षित छन् ।

प्रतिक्रिया दिनुहोस