काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना ९० बर्षीय पिता मोहन प्रसादको आशीर्वाद लिएर त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि पुगेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट साँझ मृगौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल प्रस्थान गर्नअघि ओलीलाई बुबा मोहनप्रसादले स्वास्थ्य लाभको कामना गरेका थिए ।
आज र भोलि आवश्यक तयारीपश्चात फागुन २१ गते बुधवार उनको दोस्रोपटक मृगौला प्रत्यारोपण गरिने सल्लाहकार सूर्य थापाले जानकारी दिए । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा उनको पहिलोपटक प्रत्यारोपण गरिएको थियो ।
नेपालकै अस्पताल, विशेषज्ञ चिकित्सक, उपकरण र उपलब्ध सेवामा विश्वास र भरोसा गरी प्रधानमन्त्रीले स्वदेशमै प्रत्यारोपण गराउन लिएको यस निर्णयले दूरगामी महत्व बोकेको यथार्थ स्पष्ट भएको थापाले बताए । प्रधानमन्त्री ओलीलाई मृगौला प्रत्यारोपन गर्न भारतबाट यस अघि उनलाई प्रत्यारोपन गरेका चिकित्सकको टोली पनि नेपाल आईपुगेको छ ।
नेपाल आएसंगै आज बिहान प्रधानमन्त्रीसंग भारतिय चिकित्सकको टोलीले छलफल समेत गरेका थिए । मृगौला प्रत्यारोपनका लागि ओली आज सोमबार साँझ ६ बजे टिचिंग अस्पताल समेत भर्ना भएका छन् । उनलाई भान्जी पर्नेले मृगौला दिने भएकाले उनी पनि आजै सांझ अस्पताल भर्ना भएका छन् ।
यस अघि ओलीको मृगौला प्रत्यारोपन अमेरिकामा हुने हल्ला चलेको थियो । तर पछिल्लो समय कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि संक्रमण हुन सक्ने त्रासले ओलीलाई स्वदेशमै मृगौला प्रत्यारोपन गर्न थालिएको श्रोतको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०७६, २२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा
प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- भावी पुस्ताले बिर्सन नमिल्ने दिन ‘फागुन ७’
आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीलाई संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन हस्तान्तरण
१५ बुँदामा भीम राववले गरे प्रधानमन्त्री ओलीमाथि हमला
तीनै तहका सरकारबीच सहकार्य आवश्यक : प्रधानमन्त्री ओली