– अधिवक्ता स्वीकृति बराल
अस्ति भर्खरको कुरा हो म एकजना महिलाद्धारा लिखित लेख पढ्दै थिएँ । लेख राम्रो थियो । एउटी २१औँ शताव्दीकी महिला, जो पढे लेखेकी छन्, जसलाई आफ्नो करियर र परिवार दुवै प्यारो छ, त्यस्ती महिलाको समस्या र मनमा उब्जेका अनेक प्रकारका कुराहरु समावेश थिए लेखमा । हो १ गाह्रो छ महिलालाई आजको बदलिँदो र प्रतिस्पर्धा नै प्रतिस्पर्धाले भरिपूर्ण समयमा काम गर्न । न त महिलाई आफ्नो पुरै समय घरको काममा मात्र दिन मन छ न त उनीहरुलाई घरभित्रका आफ्ना जिम्मेवारीहरु चटक्कै छोडेर बाहिरी काममा मात्र हिँड्न मन छ । परिस्थिति अप्ठ्यारो छ र यहि कठिन परिस्थितिको उचित व्यवस्थापन गर्न नसकेको कारण कतिले कि त करियर छोडेका छन् कि त आफ्नो परिवार । घरभित्र र घरबाहिर दुवै कर्तव्य पूर्ण रुपमा निर्वाह गर्न पक्कै पनि सजिलो छैन त्यसैले आजका पढेलेखेका महिला मानसिक र शारीरिक रुपमा घर भित्र र बाहिर मिलाउँदा मिलाउँदा थकित भएका छन् ।
फेरि जाउँ लेखभित्रको कुरामा । लेखमा एउटी महिला जो आमा बन्ने चाहना राख्छिन् र साथै आफ्नो करियरलाई पनि असाध्यै माया गर्छिन् त्यस्तो महिलाकोे मानसिकताको स्पष्ट व्याख्या गरिएको छ । उनलाई मन छ बच्चा जन्माउन । उनलाई जति बच्चाको रहर प्यारो छ त्यति नै प्यारो छ आफ्नो करियर पनि । उनलाई मन छैन अरुले आफूलाई होच्याएर गृहिणी मात्र हुन् भनेको सुन्न न त उनलाई मन छ आफूले जन्माएको बच्चालाई चटक्क छोडेर आफ्नो करियरको नाममा अरुलाई जिम्मा लगाएर हिँड्न । गर्भवती भएको वा नभएको परीक्षण गर्न दिएर त्यसको नतिजा सुन्नु अगाडि उनको मनमा जे जति कुरा खेल्छन् त्यो सारा कुरा लेखमा लेखिएको थियो । लेखमा देखाइएकी पात्र हाम्रो समाजको प्रतिनिधि पात्र हुन् जसको माध्यमबाट हामी अन्य थुप्रै महिलाहरुको मनोदशा बुझ्न सक्छाँै ।
लेखमा पुरै उनको मनोदसा पढ्न पाइन्छ । मेरो मन जति त्यो लेखले तान्यो त्योभन्दा बढी त्यस लेखमा आएका प्रतिक्रियाले तान्यो । प्रतिक्रिया विभिन्न किसिमका थिए, थोरै सकारात्मक र धेरै नकारात्मक । पहिलो प्रतिक्रिया थियो ‘घाँस स्टोरी’ । कमेन्ट पढेर म पुनः लेख पढ्न बाध्य भएँ कतै मैले पो लेखको मूल कुरो बुझिन कि भनेर । दोहो¥याएर पढ्दा पनि मलाई स्टोरी घाँस लागेन । लेखमा यथार्थताको वर्णन गरिएको थियो । आजको युगको पढेलेखेकी महिलाको यथार्थ जसलाई घरभित्र र घरबाहिर दुवै ठाऊँ उत्तिकै प्यारो छ तर दुवैतिर मन लगाएर काम गर्नका लागि वातावरण खोजेजस्तो छैन । प्रतिक्रिया पढेर लाग्यो, महिलाको स्टोरी त धेरैको लागि घाँस स्टोरी रहेछ क्यारे । भोग्नेले कुरा बुझ्छ तर नभोग्नेले जे बोलिदिए पनि हुन्छ । के मतलब बोलिएका र लेखिएका शव्दले अरुलाई जे नै असर परोस् १
अर्को प्रतिक्रिया अझ दमदार थियो । प्रतिक्रियामा लेखिएको थियो आमा बन्नु त स्वर्गीय आनन्द दिने कुरा हो अहिलेका महिलालाई कसले सम्झाइदिने । रमाइलो कुरा यो कमेन्ट गर्ने व्यक्ति महिला हैन पुरुष हुनुहुन्थ्यो । महिला त्यति कमजोर भइसकेछन् आमा बन्नु स्वर्गीय आनन्द दिने कुरा हो भनेर पनि पुरुषले बताइदिनु पर्ने । अनि पुरुष कति जान्ने थाहै नभएको र अनुभव नै गर्न नसक्ने कुरामा पनि सल्लाह सुझाव दिन सक्ने ।
त्यो लेख त एउटा उदाहरण मात्र हो । सामाजिक सन्जालमा त्यस्ता धेरै महिलाद्धारा लिखित लेखहरु मैले पढेकी छु जसमा प्रतिक्रिया निकै नराम्रा र होच्याएर लेखिएका हुन्छन् । यस्ता कमेन्टहरु निकै पढ्न पाइन्छन् । दुःख लाग्छ कमेन्टहरु पढ्दा किनभने ती कमेन्ट गर्ने हाम्रा दाजुभाइ, दिदीबहिनी नै हुन् जो सामाजिक सन्जालको पहुँचमा छन्, जो साक्षर छन्, जो पढेलेखेका छन् र जो केही गर्ने हिम्मत राख्छन् । आफ्नो देशको शिक्षित वर्गबाट निम्न स्तरको प्रतिक्रियाहरु आएको देख्दा, उनीहरुले प्रयोग गरेको भाषा र शैली देख्दा कताकता लाज लागेर आउँछ र सोच्न बाध्य हुन्छु या त हाम्रो शिक्षामा समस्या छ या त हाम्रो संस्कारमा नै समस्या छ । पढेलेखेका जमातको त सोच यति संकिर्ण छ, निम्न स्तरको छ, जो आफ्नो बोलिको असर के कस्तो पर्छ भन्ने समेत ख्यालै नराखी बोल्छन् भने पढ्दै नपढेका जो जे भोग्दै आएको छ त्यही ठिक छ भन्ने एकोहोरो सोच राख्छन्, जसलाई अहिले समाजमा आएका नयाँनयाँ परिवर्तन र समाजमा उठेका आवाजहरुको बारेमा केही थाहै छैन उनीहरुबाट परिवर्तन र सहयोगको आशा कसरी राख्ने रु हुन त सभ्य हुन शिक्षा भन्दा संस्कार राम्रो चाहिन्छ, के हामी संस्कार नभएकै हौँ त रु
महिलाले छाउपडीको बारेमा बोले उसलाई संस्कृति विरोधीको संज्ञा दिइन्छ, उसले घरभित्रका कुरा उठाए घरभँडुवाको संज्ञा दिइन्छ, आफ्नो केही विचार राखे पोथी बासेको राम्रो हुदैन भनिन्छ, बच्चाबच्चीको विषयमा केही बोले त झन् उसको मातृत्वमै प्रश्नचिन्ह लाग्छ । केही नबोलि हो मा हो मिलाएर बसे असल नत्र खराव भइने कस्तो अचम्म हो । आफूलाई चित्त नबुझेको जे बोले पनि जुन विषयमा बोले पनि गलत कसरी भइन्छ रु नकारात्मक प्रतिक्रियाको सिकार किन हुनु पर्छ रु महिलाको समस्या महिलाले बताउँदा एक सेकेन्ड पनि हो कि त भनेर नसोचि गाली गर्न पछाडि नसर्ने पुरुषप्रधान समाजबाट के कति आशा गर्न सकिएला र कस्तो सहयोगको अपेक्षा गर्न सकिएला ?
संस्कृति भनेको के हो रु के गरे संस्कृति विरोधी भइन्छ रु धर्म भनेको के हो रु के गरे धर्म विरोधी भइन्छ रु पहिलेदेखि चलिआएका चलनचल्तीलाई आँखा चिम्लेर दुःखकष्ट भए पनि मान्नु धर्म र संस्कृति जोगाउनु हो र रु राम्रा कुरालाई अगाडि बढाउनु र नराम्रा कुप्रथालाई हटाउनु पो पढेलेखेका तर्क गर्न योग्य व्यक्तिहरुको जिम्मेवारी हो । मेरो विचारर्मा यस्तो हो रे’ त्यसैले गर्नुपर्छ भन्दा पनि यस्तो हुनुपर्छ भन्ने आत्मविस्वास हुनु जरुरी छ । हुनत सबैका आ–आफ्नै तर्क हुन्छन्, आफ्नै विचार हुन्छन् । सबैलाई आफ्नो तर्क गजब र उत्कृष्ट लाग्नु स्वभाविक हो तर लाग्दैमा सबै कुरा साँचा हुँदैनन् । आँखाले नै देखेको कुरा त झूठ हुन सक्ने सम्भावना कति हुन्छ कति अझ सुनेकै भरमा रे मा कति कुरा मानिरहने ?
मनोविष्लेशकका अनुसार मान्छे परपिडक र स्वपिडक दुइथरि प्रवृतिका हुन्छन् । प्रायः पुरुषमा परपिडकता बढी र महिलामा स्वपिडकता बढी देखिने कुरा बताइएको छ । हाम्रो समाजको चलनचल्ती र संस्कृतिलाई नियालेर हेर्दा पनि प्रायः पुरुष परपिडक र महिला स्वपिडक देखिन्छन् । धर्म र संस्कृति जोगाउनका लागि महिलाले चाल्दै आएका कदमहरु हेर्दा महिलाहरु स्वपिडक भएका उदाहरणहरु धेरै देख्न सकिन्छन् । कहिले श्रीमान्को दीर्घायुको लागि व्रत बस्नु, कहिले सन्तानको दीर्घायुको लागि ब्रत बस्नु, चाडपर्व आए भोक प्यास नै भुलेर काम गर्नु, आफ्नो स्वास्थ्यको बारेमा अन्योलमा रहेर धर्म गरेरै परिवारलाई सुखी र स्वास्थ राख्छु भन्ने विचित्र किसिमको आत्मविश्वास हुनु, आफूलाई भुलेर परिवारको मात्र सुखसुविधाको बारेमा सोच्नु अधिकांश महिलाहरुको बानी बनिसकेको छ । यी सबै कामहरु पुरुषबाट भए गरेको देख्न पाईँदैन । महिनावारी हुँदा आफू दुःख गरेर घरभन्दा पर बसेर दुःख खपेर आफ्नो घरमा चोखोनितो होस् भन्ने चाहना राख्ने महिलाहरुलाई तर्कमा भन्दा पनि अन्धविश्वासमा बढी विश्वास लाग्छ । आफूले आफूलाई पिडा दिएर बचाइएका धर्म संस्कृति के बचाउनै पर्ने किसिमका हुन् त ?
पुरुषको जिन्दगी पहिले पनि घर बाहिरकै काममा खर्च हुन्थ्यो र अहिले पनि उनीहरु त्यही जिम्मेवारीलाई निभाइरहेको छन् तर महिलाको पहिले र अहिलेको जिन्दगी हेर्ने हो भने आकाश जमीनको फरक आएको छ । हिजोका दिनमा घरभित्रको परिधिलाई मात्र आफ्नो कार्यक्षेत्र र कर्तव्य मान्ने महिलाहरु अब घर बाहिरको काममा पनि उत्तिकै व्यस्त देखिन्छन् । उनीहरु पढेलेखेका छन् र तर्क गर्न चाहन्छन् । आफ्ना लागि के राम्रो के नराम्रो बुझेर मात्र स्वीकार्ने या अस्वीकार गर्ने क्षमाता राख्ने भइसकेका छन् । त्यसैले परिस्थित अलि बेग्लै छ । शतप्रतिशत घरभित्र मात्र काम गर्दाको अवस्था र अहिलेको अवस्थामा धेरै भिन्नता छ त्यसैले त जरुरी छ घरका हरेक सदस्यको साथ र सहयोग । जसरी पुरुषलाई घरबाहिरको काम गर्दा घरभित्रको पुरै जिम्मेवारी महिलाले उठाएर सहयोग गरेका थिए के त्यसरी नै महिलालाई सहयोग गर्नु पुरुषको कर्तव्य हैन र रु महिलाले मलाई कस्तो गाह्रो भयो, थकित भएँ, कसरी भ्याउनु सारा काम भनेर आफ्नो समस्या अघि सार्नु मात्र पर्छ समाधानको रुपमा आउने प्रायः वाक्य एकै किसिमका हुन्छन् –‘किन गर्छौ त यति धेरै दुःख । गाह्रो भए छोडिदेऊ । मैले गरेकै छु नि । आनन्दले बस, घर हेर, बच्चाबच्ची हेर । चिन्ता नगर ।’ अधिकांशले यही भन्छन् । कति होलान् घरको कामको चिन्ता नगर मिलेर गरौँला, धेरै तनाव नलिऊ, हामी दुवैजनाले मिलेर गरे जाबो यो काम केही हैन भनेर बोलि, वचन र स्वभावले सहयोग गर्ने । खोजेको त मिलेर काम गर्न हो, सहकार्य गर्न हो, सुन्दर र सुखी उपलब्धीपूर्ण जीवन विताउन हो तर के वातावरण खोजे जस्तै छ त ?
नारी र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् भनेर मात्र हुँदैन । यस्तो नारा लगाउन थालेको त धेरै भइसक्यो । नाराले जिन्दगी चल्दैन न त कुनै वादले नै । यहाँ नारीवादी हुँ भनेर हिँड्नेहरु नै कति पिडित होलान् र कति आफैँ पिडक होलान् । पुरुष मात्र हैन महिला पनि महिलाका अप्ठ्याराहरुका लागि धेरै जिम्मेवार छन् । न त केही लेखेर मात्र नै परिवर्तन सम्भव छ । परिवर्तन सोचमा आउन जरुरी छ त्यसका लागि सबैले आफ्नै व्यवहारलाई नियालेर हेर्न जरुरी छ । धेरैलाई यो लेख पनि बेकारको वाहियात लेख लाग्नेछ र मलाई थाहा छ यसलाई पनि धेरैले भन्नेछन् ‘घाँस स्टोरी’ । (नवनारी)
प्रतिक्रिया दिनुहोस