हामी सबैले घरको शोभा बढाउन तथा पुजापाठमा समेत काम आउन सक्ने उद्येश्यले फूल रोप्ने गरेका छौं । त्यसमा पनि अधिकांशले गमला नै फूल रोप्छौं । तर फूलको स्याहार सुसार कसरी गर्ने ? फूल रोप्नाले के फाईदा हुन्छ ? जानी राखौं ।
– गमला वा फूलदानीको पानी हरेक दिन फेर्नुपर्छ ।
– गहिरो गमलामा रोप्नुपर्छ ।
– फूलअनुसार घाम–पानीको व्यवस्था मिलाउनुपर्छ ।
– जरा लामो हुने बिरुवालाई हुर्कन ठूला गमलाको छनोट गर्नुपर्छ ।
– फूलका गमलाहरू प्लेटमाथि राख्नुपर्छ, त्यसो गर्दा गमलाबाट माटो र पानी चुहिएर फोहोर हुन पाउँदैन ।
– फूल रोपेको गमला वा भाँडोको प्वाल टाल्नु हुँदैन ।
– पर्याप्त अक्सिजन आउने ठाउँमा फूल रोप्नुपर्छ । अक्सिजन कम भएमा फूल कुहिने र मर्ने हुन्छ ।
घरमा फूल रोप्नुका फाइदाहरू
– फूलको सौन्दर्यले आनन्दित बनाउँछ ।
– फूल रोप्दा वा स्याहार गर्दा शरीर चलायमान हुन्छ ।
– फुलेका फूल देख्दा बालबालिकामा सकारात्मक सोच आउँछ ।
– घरको छत–कौसीमा फूल रोपेपछि सरसफाइमा विशेष ध्यान दिनुपर्छ । जसले गर्दा घरको वातावरण पनि सुन्दर हुन्छ ।
– घरमा फूल रोप्दा घरबाट निस्कने फोहोर र पानीको उचित व्यवस्थापन हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०७६, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसबाट ठूला चाडपर्वमा ५ करोडको फूल बिक्री
तिहारमा ५० करोड बराबरको फूल बिक्री
फूलको बिउ उत्पादनका लागि प्रयोगशाला सञ्चालन हुने