काठमाडौं । अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आयुष्मान देशराज जोशीको लगनगाँठो यही फागुन १५ गते कसिने भएको छ । प्रियंकाले इन्स्टाग्राममार्फत यही फागुन १५ गते आयुष्मानसँग लगनगाँठो कस्ने घोषणा गरेकी हुन् ।
यसअघि यो उनीहरूले फागुन १७ मा विवाह गर्ने योजना बनाएका थिए, तर ज्योतिषले दुई दिनअघिकै साइत शुभ हुने बताएपछि उनीहरूले पूर्व्निर्धा्रित मितिभन्दा दुई दिनअघि नै विवाह गर्ने निर्णय गरेका हुन् ।
यसअघि दुई पटक इन्गेजमेन्ट गरिसकेको यो जोडीले विवाहअघि नै ललितपुरको भैंसेपाटीमा आफ्ना लागि घरसमेत किनिसकेको छ । यतिबेला उनीहरू त्यही घर सजाउन लागिपरेका छन् । विवाहपछि उनीहरू त्यही नयाँ घरमा बस्ने बताईएको छ ।
प्रियंकाले अभिनय गरेको पछिल्लो चलचित्र हो-लक्का जवान । त्यसपछि उनले कुनै पनि चलचित्र साइन गरेकी छैनन् । अभिनेत्री प्रियंकाले अब आगामी चैतदेखि मात्र अभिनयमा फर्किने पनि स्पष्ट पारेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०७६, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार दुर्घटनामा आफ्नो निधनको खबर फैलिएपछि प्रियङ्का कार्कीले भनिन्, ‘म सकुशल छु’
गीत ‘कालोकालो कपालमा खैरो कलर लाकी’ सार्वजनिक