काठमाडौं । विशेष अदालतले बालुवाटार जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वमन्त्रीसहित ५४ जनाको नाममा अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ ।
९ फागुनसम्म अदालतले ३४ जना प्रतिवादीलाई उपस्थित हुन म्याद जारी गरेकामा आइतबार थप २० जनाको नाममा १५ दिनभित्र अदालतमा उपस्थितिका लागि म्याद जारी भएको विशेष अदालतका सूचना अधिकारी तथा उप–रजिस्ट्रार इन्द्रकुमार खड्काले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका १ सय ७५ जनामध्ये ९ फागुनसम्म ३४ जनालाई म्याद पठाइएको विशेष अदालतका उप–रजिस्ट्रार खड्काले बताए । उनीहरूलाई अख्तियारले २२ माघमा विशेष अदालतमा बिगो जरिमानासहित भ्रष्टाचर मुद्दा दर्ता गरेको थियो ।
त्यस्तै, अख्तियारले ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि मुद्दा दर्ता गरेको थियो । राजधानी दैनिकमाम खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ फागुन २०७६, ०८ : १०
लेखकबाट थप