एजेन्सी । चीनमा मङ्गलबार कोरोनाभाइरस संक्रमित थप १ सय ३६ जनाको मृत्यु भएको छ । योसँगै देशमा यसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ४ पुगेको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ ।
मङ्गलबार ज्यान गुमाउने मध्ये १ सय ३२ जना हुबेई प्रान्तका रहेका छन् । देशभर थप १ हजार ७ सय ४९ जना नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये १६ सय ९३ जना हुबेई प्रान्तका रहेका छन् । देशमा कोरोनाभाइरसबाट हालसम्म ७४ हजार १ सय ८५ जना संक्रमित भएका छन् ।
यता, हङकङमा दोस्रो कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । गत फेब्रुअरी १४ मा यस रोगको संक्रमण पुष्टि भएपछि प्रिन्सेस मार्गरेट अस्पताल भर्ना भएका ७० वर्षीय वृद्धिको मेत्यु भएको जानकारी दिइएको छ । योसँगै हङकङमा ६२ जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ भने दुई जनालाई ज्यान गुमाएका छन् ।
उता, दक्षिण कोरियामा पनि कोरोनाभाइरस संक्रमितको सङ्ख्यामा वृद्धि भएको छ । त्यहाँ थप १५ जना कोरोनाभाइरस संक्रमित फेला परेको जनाइएको छ । योसँगै कोरियामा कोरोनाभाइरस संक्रमितको सङ्ख्या ४६ पुगेको छ ।
यसबीच रुसले फेब्रुअरी २० देखि चिनियाँ नागरिकहरुलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाउने घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले कोभिड–१९ को संक्रमण नियन्त्रणबाहिर नरहे पनि अवस्था खतरनाक भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट