म्युनिख, जर्मनी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ ।
संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले शनिबार आयोजित ५६औँ म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा यस्तो आह्वान गर्नुभएको हो ।
“हामी सबै एउटै तरिकाले लाग्नु पर्दछ, नकी एक्ला एक्लै,” उहाँले जोड दिएर भन्नुभयो । उहाँले सबै देशहरुले एक अर्कालाई घृणा गर्ने र आलोचना गर्ने कार्य तत्काल बन्द गर्नुेमा पनि जोड दिनुभयो ।
रोगको महामारी विरुद्ध लड्न सबैलाई तयारी अवस्थामा रहन पनि संगठनका प्रमुख टड्रोसले आग्रह गर्नुभयो । उहाँले त्यसका लागि लगानी गर्नु पर्ने बताउनु भयो ।
विश्वमा आतङ्कवाद नियन्त्रणका लागि करोडौँ डलर लगानी भइरहेको स्मरण गराउँदै उहाँले यस्ता रोग नियन्त्रणका लागि भने पर्याप्त लगानी र चासो नदिइएको टिप्पणी गर्नुभयो ।
महामारी रोगहरुलाई नियन्त्रण गर्नका लागि आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा सबै जना एकजुट हुनु पर्ने खाँचो रहेको उहाँको भनाई छ । (रासस-सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०४ फागुन २०७६, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट