गायक पशुपति शर्माको ‘जता नि चोर’ बोलको गीत सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, ०१ फागुन २०७६, २१ : ३३
गायक पशुपति शर्माको  ‘जता नि चोर’ बोलको गीत सार्वजनिक

काठमाडौं । गायक पशुपति शर्माले ‘जता नि चोर’ बोलको गीत सार्वजनिक गरेका छन् । शर्माले बिहीबार आफ्नो आधिकारिक यट्युव च्यानलमार्फत सो गीत सार्वजनिक गरेका हुन् ।  गीतबाट बढ्दो बेथिति, भ्रष्टाचार, कमीसनको चक्रलाई उदाङ्गो पारिएको छ । 

एउटा राजा फालेकै हो सबै कुरा भोगी
महाराजा बन्न खोजे बसिँदैन डोगी
नदेखाउ आसेपासे मै हुँ भन्ने पारा
अब जनता सोझा छैनन् बुझी सके पारा

गीतबाट शर्माले यसैगरी नेताहरुको मनपरी नचल्ने भन्दै जनताले ठेगान लगाउने चेतावनी दिएका छन् । उनले गलत कार्य गर्ने सबैको भण्डाभोर गर्नुपर्ने सन्देश पनि दिएका छन् । 
यसअघि शर्माले लुट्न सके लुट कान्छा बोलको गीत ल्याएका थिए भने सो गीत सत्तारुढ नेकपाकै धम्कीपछि बन्द भएको थियो । अहिले शर्माले सोही गीतको निरन्तरता स्वरुप गीत ल्याएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस