सिमकोट । सुत्केरी व्यथा लागेकी एक गर्भवतीको २० घण्टापछि हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाबाट उद्धार गरिएको छ ।
बिहीबार दिउँसोदेखि व्यथाले च्यापेकी वडा नं ६ की ३५ वर्षीया याङ्जिन तामाङलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी शुक्रबार कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।
सो गाउँ हिमालपारिको गाउँका रुपमा चिनिएको छ । सङ्घीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सुर्खेतबाट सेनाको हेलिकप्टरले मगाई उद्धार गएिको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिनुभयो ।
व्यथा लागेको पछिल्लो दिन मात्र हेलिकप्टर आएर उद्धार गरेको बिरामीका श्रीमान् आङ्दिन तामाङले बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
दशगजाबाट गम्भीर घाइते अवस्थामा एक नेपालीको उद्धार
डोटीमा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार
भारतका विभिन्न सहरबाट १४५ जनाको उद्धार
बाजुरामा गर्भवतीको हेलिकप्टरबाट उद्धार
नक्खु खोलामा फसेका मानिसहरूको हेलिकोप्टरबाट उद्धार