तपस्वी बमजनको आश्रममा प्रहरीको छापा

बमजन भने प्रहरी नपुग्दै फरार

शुक्रबार, २४ माघ २०७६, १० : १६
तपस्वी बमजनको आश्रममा प्रहरीको छापा

काठमाडौं । हत्या–हिंसा, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बमजनको सिन्धुलीस्थित आश्रममा प्रहरीले छापा मारेको छ ।

उनलाई पक्राउ गर्न पुगेको प्रहरीले उनको खोजीमा आश्रममा छापा मारेको हो । यद्यपी उनी प्रक्राउ भने नपरेको बताईएको छ । उनलाई पक्राउ गर्न प्रहरीले हिजो मात्रै सिन्धुली जिल्ला अदालतबाट अनुमति पत्र लिएको थियो । अदालतको पक्राउ अनुमति लिएपछि प्रहरी अहिले बिहान उनको आश्रम पुगेको थियो ।

तर उनी आश्रममा नभेटिएको प्रहरीको भनाई छ । तपस्वीको भेषमा उनले हन्या हिंसा, बलात्कार र आनीहरु बेपत्ता लगायतका काम गदै आईरहेको आरोप छ । उनी माथि एक अनुयायीको हत्या गरेको, तीन आनी तथा एक अनुयायीलाई बेपत्ता पारेको  र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ ।

आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फुलमाया रूम्बा बमजनका आश्रमबाट बेपत्ता पारिएका छन् । त्यस्तै बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुली स्थित आश्रमबाट बेपत्ता छन् ।

त्यस्तै बमजनले उनकै आश्रममा बस्ने नाबालक आनी गंगामाया तामाङलाई बलात्कार गरेको आरोप छ । गंगामायाले डेढ वर्ष अघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन् । अहिले गंगामाया काठमाडौं स्थित बालबालिकाको हितमा काम गर्ने एउटा संस्थाको संरक्षणमा बसेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस