‘चपली हाइट ३’ को गीतले मच्चायो धमाका

सोमबार, २० माघ २०७६, १५ : ३०
‘चपली हाइट ३’ को गीतले मच्चायो धमाका

काठमाडौँ । चलचित्र ‘चपली हाइट ३’को पहिलो गीत सार्वजनिक गरिएको छ । ठमेलमा रहेको क्लब टर्टलमा खिचिएको उक्त गीतमा अभिनेत्री स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

सुवास भुषालको संगीत, डि.पी खनालको लिरिक्स रहेको ‘चार आनाको मसला’ बोलको उक्त गीतमा राज खम्बु र अस्मिता अधिकारीले स्वर दिएका छन् । गीतको भिडियोलाई प्रदिप लामा र द नेक्स्ट टिमले निर्देशन गरेको हो ।

निकेश खड्काको निर्देशन, अर्जुन कुमारको निर्माणमा बनेको यो चलचित्र यसवर्षको प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’सँग जुध्ने निर्णय गरेको छ । तर, आज सार्वजनिक भएको चपली हाइटको चार आनाको मसला गीतको भिडियोमा आएका प्रतिक्रियाले भने ‘चपली हाइट ३’ टिमको भविष्य कस्तो छ भन्ने अनुमान लगाउन खासै गाह्रो पर्दैन ।


 

प्रतिक्रिया दिनुहोस