महालक्ष्मी विकास बैंकको प्रशासनिक शुल्क फिर्ता

सफल खबर संवाददाता

आइतबार, १९ माघ २०७६, १४ : ४०
महालक्ष्मी विकास बैंकको प्रशासनिक शुल्क फिर्ता

चितवन । महालक्ष्मी विकास बैंक लिले गुणस्तरीय सेवा प्रदान गरी ग्राहक सन्तुष्टी अभिवृद्घि गर्ने उद्देश्यसहित महालक्ष्मी उद्यमशील कर्जा योजनाअन्तर्गत नियमित रुपमा कर्जाको किस्ता÷ब्याज भुक्तानी गर्ने ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ । 

ग्राहकहरुले नियमित रुपमा कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर स्वरुप बैंकले उक्त शुल्क फिर्ता गरेको हो । बैंकले प्रदान गरेको उक्त सुविधाबाट यस आर्थिक बर्षको असोज मसान्तसम्म करिब ६० जना ग्राहक लाभान्वित हुन सफल भएका छन् । आगामी दिनहरुमा समेत कर्जाको किस्ता÷ब्याज नियमित भुक्तानी गर्ने ग्राहकहरुलाई संस्थाको नियमानुसार प्रशासनिक शुल्क फिर्ता गर्दै जाने बंैकले जनाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लिको ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ ।