दमक । झापाको पश्चिम दक्षिणी भारतीय सीमावर्ती क्षेत्र गौरीगञ्जबाट प्रहरीले ठूलो परिणाममा सुर्ती बरामद गरेको छ । गेउरिया पुल नजीकै साइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ७० किलो अवैध सुर्ती आज बिहान बरामद गरिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेश भट्टराईले बताउनुभयो ।
गौरीगञ्ज, कोरोबारी, कुञ्जीबारी, महाभारा, शिवगञ्ज, झापा बजारलगायत जिल्लाका पश्चिम दक्षिण भारतीय नाकासँग जोडिने क्षेत्रमा भारतबाट अवैध रुपमा भारी मात्रामा सुर्तीको ओसारपोसार हुने गरेको सूचनाका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रमा कडाइ गरिएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो । बरामद गरिएको सुर्ती छोटी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १२ माघ २०७६, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भन्सार छलीका सुर्ती र बिडी बरामद
'सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु'
३४ प्रतिशतले गर्छन् सुर्तीजन्य पदार्थको प्रयोग