काठमाडौं । थारु समुदायले माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै सार्वजनिक विदा दिन नेपाल सरकारसँग माग गरेको छ । आइतबार थारु कल्याणकारिणी सभाले राजधानीमा पत्रकार सम्मेलन गरी माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक विदा दिन माग गरेको हो ।
काठमाडाको टुँडीखेलमा २०५९ सालदेखि माघीलाई नियमित मनाउँदै आएकोमा यस वर्ष पुस २९ र माघ १ गते तराई आदिवासी थारु समुदायले नयाँ वर्षको रुपमा माघी मनाउन लागेको मूल आयोजक समितिका उपसंयोजक कनुलाल चौधरीले जानकारी दिए ।
थारु कल्याण कारिणी सभाका महामन्त्री मिनराज चौधरीले थारुहरुको आवाज सरकारले सुन्दै नसुनेकाले थारुको आवाज सुनाउन माघीमार्फत आन्दोलनको रुपमा मनाउनु पर्नेमा जोड दिए । थारु विद्यार्थी समाजका अध्यक्ष एवं माघी महोत्सवका उप–संयोजक चन्द्र प्रसाद चौधरीले यसपटक माघी पर्वका लागि १५० वटा स्टलहरुको व्यवस्थापन गरिएको जानकारी दिए ।
कार्यक्रममा थारु कल्याणकारीणि उपत्यका समितिका सभापति सुमन चौधरी, थारु महिला समाजकी सचिव अनिता चौधरी, थारु महिला सभाकी अध्यक्ष नीलम चौधरीलगायतले उक्त माघी पर्वको महत्वबारे प्रकाश पारेका थिए । उनीहरुले पनि उक्त पर्वको दिन राष्ट्रिय विदा दिन माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०७६, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माघी मनाउन एमाले महासचिव दाङमा
थारू गाउँमा माघीको उल्लास