काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सवारी दुर्घटनामा परेका नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका सभासद् एवं प्रभातफेरी साप्ताहिकका प्रधानसम्पादक प्रह्लाद शर्मा हुमागाईंलाई पत्रकार दुर्घटना बीमा रुकम उपलब्ध गराएको छ ।
महासङ्घमा आज भएको कार्यक्रममा महासङ्घका उपाध्यक्ष विपुल पोख्रेलले हुमागार्इंकी श्रीमती तथा नेपाल पत्रकार महासङ्घ काभ्रे शाखा उपाध्यक्ष राज्यलक्ष्मी श्रेष्ठलाई रु ७५ हजार ३३३ चेक हस्तान्तरण गर्नुभएको हो ।
पत्रकार हुमागाईं मङ्सिर ९ गते पनौती–४ बाट बनेपातर्फ आउँदै गर्दा सवारी दुर्घटनामा पर्नुभएको र उहाँको टाउको गम्भीर चोट लागि शिरमेमोरियल काभ्रे र नर्भिक अस्पतालमा १४ दिन उपचारपश्चात् हाल काभ्रेस्थित घरमा आराम गरिरहनुभएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २४ पुस २०७६, १८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय