भद्रपुर । झापाको मेचीनगर–१ मा दलित समुदायका बाबुछोरा नै मिर्गौला फेल भएर डाइलासिस गराइरहेका छन् । घरमै परम्परागत आरन चलाउने ६३ वर्षीय पूर्णबहादुर विक र उनका जेठा छोरा ३८ वर्षीय दलबहादुरको दुवै मिर्गौला फेल भएको नोबेल मेडिकल हस्पिटल विराटनगरले पुष्टि गरेको छ ।
हाल बाबुछोरा नै विराटनगरमा डेरामा बसेर सातामा दुई पटक डाइलासिस उपचार गराइरहेका छन् । चिकित्सकले दुवै जनाको मिर्गौला प्रत्यारोपण गरिनुपर्ने सल्लाह दिएको पूर्णबहादुरका माहिला छोरा कमलले बताउनुभयो । पूर्णबहादुरलाई पाँच वर्षअघि मिर्गौलामा समस्या देखापरेको थियो भने वैदेशिक रोजगारीबाट फर्केका दलबहादुरको दुवै मिर्गौला फेल भएको छ महिना अघि मात्र थाहा भएको थियो ।
मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य टीकाराम मग्रातीले आर्थिक अवस्था दयनीय भएको हुँदा बाबुछोराकै उपचारका लागि सहयोग समिति बनाएर अर्थिसङ्कलन शुरु गरिएको जानकारी दिनुभएको छ ।
अर्थसङ्कलनका लागि स्थानीय धनबहादुर सेन्च्युरीको संयोजकत्वमा पूर्णबहादुर र दलबहादुर विक बचाउ अभियान गठन गरिएको छ । झापाको भद्रपुर, विर्तामोड र दमकमा डाइलासिस सेवा उपलब्ध भए पनि बिरामीको अत्यधिक भीड भएकोले विराटनगरमा लैजानु परेको मग्रातीले बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २३ पुस २०७६, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनको तयारी
शरीरमा देखिने यी ८ लक्षण हुन् खतराको घण्टी
आज विश्व मिर्गौला दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै