क्रिकेट रंगशालालाई हेटौडा उपमहानगरद्वारा ३० लाख हस्तान्तरण

सफल खबर संवाददाता

मंगलबार, २२ पुस २०७६, १८ : ३०
क्रिकेट रंगशालालाई हेटौडा उपमहानगरद्वारा ३० लाख हस्तान्तरण

चितवन । चितवनको भरतपुरमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हेटौडा उपमहानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग दिएको छ । उपमहानगरका मेयर हरि बहादुर महतले ३० लाखको चेक धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई रंगशालामै पुगेर हस्तान्तरण गरेका हुन । 

उपमहानगरको टोलीले हिजो मात्रै रंगशालाको स्थलगत अवलोकन गरेर फर्किएको थियो । हिजो घोषणा गरिएको रकम ३० लाखको चेक आज हस्तान्तरण गरिएको हो । राष्ट्रिय गौरवको आयोजना भएकाले सबै नेपालीले थोरैथोरै सहयोग गरे निर्धारित समयमा नै निर्माण सम्पन्न हुने महतले विश्वास व्यक्त गरे । 

सहयोगका लागि हेटौडा उपमहानगरपालिकालाई धुर्मुसले धन्यवाद दिए । सबैले यसैगरी अपन्वत्व ग्रहण गरे तोकिएको समयमा नै निर्माण सम्पन्न गर्ने उनको भनाई छ । 

पछिल्लो समय सहयोग जुट्नेक्रम बढिरहेको छ । देश तथा विदेशबाट संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग आइरहेको निर्माणको अगुवाई गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ । भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माण भईरहेको रंगशालामा अहिले २५० भन्दा बढी कामदार दैनिक खटिइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस