काठमाडौं । काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित सडकबाट प्रदेश नम्बर ३-०२-००२ प ३९५ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा काभ्रे तिमाल गाउँपालिका घर भएका २० वर्षीय युवराज तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा टेकु र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको संयुक्त प्रहरी टोलीले तामाङले मोटरसाइकल चोरी गरी डोर्याएर ल्याई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ पुस २०७६, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माघ महिनामा तीन हजार बढी फरार प्रतिवादी पक्राउ
कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
अवैध सालको काठसहित दुई जना पक्राउ
विवाहको भोजमा युवकको हत्या, ३ जना पक्राउ
बाजुरामा बिहे भोज खान गएका युवकको हत्या, ३ जना पक्राउ
प्रतिबन्धित औषधिसहित ४ जना पक्राउ