नेकपा विप्लबका नुवाकोट जिल्ला सेक्रेटरी पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २२ पुस २०७६, ११ : ४३
नेकपा विप्लबका नुवाकोट जिल्ला सेक्रेटरी  पक्राउ

काठमाडौं । नेकपा विप्लब समुहका नुवाकोट जिल्ला सेक्रेटरी विन्तोष सिलवाल (अशोक) पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेका सिलवालले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा रोकिराखेको स्काईभेटरमा आगजनी गरेको आरोप छ ।  

२०७५ साउन ८ गते रोकिराखेको स्काईभेटर आगजनी गरेको मुद्धा उनी माथि रहेको छ । त्यस्तै प्रहरीले गत १५ गते हातहतियार सहित मोटरसाईकलमा गईरहेको बेला भागेपछि  पिछा गरेर मोरङ केराबारी गाउँपालिका– १० बाहुनी घर भएका ४२ वर्षीय देव कुमार लिम्बुलाई पनि पक्राउ गरेको छ ।  मे ५ प ७५ नम्बरको मोटरसाईकलमा सवार दुईजना नरोकेर भागेपछि पिछा गर्दै जाँदा मोटरसाइकल अनियन्त्रित भई लडेपछि उनी पक्राउ परेका हुन् ।  

खानतलासीको क्रममा मोटरसाईकलमा राखिएका पहेंला बोरा भित्र प्लाईको बाकसभित्र राईफल १ नाल, त्यसको स्टेण्ड १, म्यागजिन २ थान, सेतो बोरा भित्र अमेरिकन पेस्तोल १ नाल , त्यसकै म्याग्जिन १ थान फेला परेको प्रहरीले जनाएको छ । उनी माथि हातहतियार तथा खरखजाना अन्तर्गत मुद्धा चलाएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस