प्रवक्ता महतले भनेः ८४ मा नुवाकोट बाटै चुनाव लड्छु

सफल खबर संवाददाता

आइतबार, १४ पुस २०८१, १३ : ०१
प्रवक्ता महतले भनेः ८४ मा नुवाकोट बाटै चुनाव लड्छु

काठमाडा। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले विधि र नीतिमा नेपाली कांग्रेस अडिग रहेको बताएका छन् ।

नुवाकोटको पञ्चकन्या–४ घ्याङस्वारामा नेपाल तरुण दल, नुवाकोट क्षेत्र नं १ को आयोजनामा ‘नेपाली कांग्रेसको एक सय दिने कार्यक्रम’ अन्तर्गत प्रशिक्षण कार्यक्रममा उनले पार्टी स्थापना गर्ने संस्थापक नेताहरूको त्याग र योगदानबाट सिर्जित विधि र नीतिले मुलुकको विश्वासिलो र भरपर्दो पार्टीको छवी कायम राख्न कांग्रेस सफल हुँदै आएको बताए ।

प्रवक्ता डा. महतले नेतृत्वलाई प्रश्न उठाएकै कारण अन्य पार्टीमा कारबाही, निलम्बन र निष्कासन हुने गरेको भन्दै वाक-स्वतन्त्रता, लोकतान्त्रिक पद्धतिको अभ्यास, विधिको शासन, नीति प्रधान भएकै कारण आफ्नो पार्टीमा सो समस्या नरहेको उनको दाबी थियो ।

सो अवसरमा डा. महतले आगामी २०८४ सालको चुनाव नुवाकोटबाट लड्ने घोषणा गरेका छन् उनले भने,’म ०८४ सालको चुनाव यहीँ ९नुवाकोट० बाटै लड्छु।’

प्रतिक्रिया दिनुहोस