नवलपुर । देशका सबै राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु भएको छ । गत शनिबारदेखि हुने भनिएको चरा गणना मौसमका कारण दुई दिनपछि सोमबारदेखि शुरु भएको हो ।
बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रलगायत देशभरका राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना एकसाथ शुरु भएको हो । हरेक वर्ष ४ जनवरीदेखि १९ जनवरीसम्म चरा गणना हुने गर्दछ ।यस पटक ६५ ठाउँमा गणना हुने जनाइएको छ ।
चितवनमा नारायणी नदी किनार र निकुञ्ज तथा राप्ती किनारमा फरक फरक टोलीले जलचरा गणना गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चितवन राष्ट्रिय निकुञ्जको कुमरोज सामुदायिक वनबाट चरा गणना शुरु गरिएको छ”, चराविद्समेत रहनुभएका बिडारीले भन्नुभयो, “नारायणी नदी र राप्तीको किनारमा चरा गणना गरिँदैछ ।” कुमरोज वनदेखि कसराको पुलसम्म र निकुञ्जभित्रको लामीताल, तमोरताल, बीसहजारीताल, बाटुली पोखरीलगायतका तालहरुमा चरा गणना गरिने जनाइएको छ ।
सोसाइटीको पूर्वअध्यक्ष टिका गिरीले यसपटक दिव्यनगर र माडीको रिउखोलामा रहेका जलचराको पनि गणना गरिने जानकारी दिनुभयो । गणनामा क्यामेरा, बाइनोकुलर र टेलिस्कोपको प्रयोग गरिने उहाँले बताउनुभयो । सोमबार भएको गणनामा चखेवा जातको चरा र जलकौवाको सङ्ख्या बढी पाइएको छ । अघिल्लो वर्षको चरण गणनामा चितवन निकुञ्ज र आसपासका क्षेत्रमा १५० प्रजातिका जलचरा भेटिएको थियो ।
चितवनमा सोसाइटी, राष्ट्रिय निकुञ्ज तथा चराविद्हरुको टोलीले चरा गणना गरिरहेको छ । चरासँग सम्बन्धित व्यक्तिका साथै संरक्षणकर्मी र गणक गरी २२ जनाको टोली चरा गणनामा सहभागी छन् । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २२ पुस २०७६, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलाली–कञ्चनपुर आइपुगे साइबेरियाका चरा
गुल्मीमा भेटिए नयाँ प्रजातिका आठ चरा
‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरा पहिलोपटक भक्तपुरमा देखियो
घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा
नेपालमा पहिलो पटक फुस्रो सारौँ प्रजातिको चरा फेला
४४ वर्षपछि नेपालमा देखियो विश्वकै दुर्लभ चरा