१२२ चिनिया पक्राउ प्रकरण : जनही एकहजार जरिवानाको फैसला

अबको कारवाही अध्यागमन विभागबाट

सफल खबर संवाददाता

आइतबार, २० पुस २०७६, २० : १९
१२२ चिनिया पक्राउ प्रकरण : जनही एकहजार जरिवानाको फैसला

फाईल फोटो

काठमाडौँ । गत पुस ७ गते ठुलो संख्यामा चिनिया नागरिकहरु काठमाडौँबाट पक्राउ परे । पक्राउ पर्नेमा आठ महिलासहित १२२ जना चिनिया नागरिक थिए । देशमा ठुलै हलचल मच्चियो । 

यती ठुलो संख्यामा विदेशी पक्राउ गरेको पहिलो हो भन्दै प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्यो । हल्ला सन्दा उनीहरुले नेपालमा ठुलै अपराध गरे झैँ थियो । तर आज भने उनीहरु जनही जम्मा एक हजार जरिवाना तिरेर छुटेका छन् । हुन त उनीहरुले विभिन्न व्यक्तिको घर भाडामा लिएर अवैध क्रियाकलाप गरेका भएपनि नेपाललाई हानी हुने काम गरेका थिएनन् ।

उनीहरुले नेपाल भूमि प्रयोग गरेर चीनमा नै साइबर अपराध गरका थिए । अश्लिल भिडियो देखाउने । प्रविधिको दुरुपयोग गरी जुवा खेलाउने । प्रलोभन पारेर पैसा माग्ने लगायत गतिविधि उनीहरुको थियो । तर यस्ता गतिविधि नेपाल भूमिबाट भएको थियो । 

आज उनीहरुलाई अभद्र व्यवहारको मुद्दामा जनही एक हजार तिरेर छाड्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले आदेश दिएको छ । 

प्रमुख जिल्ला अधिकरी जनकराज दाहालको इजलासले उक्त फैसला गरेको हो । उक्त मुद्दामा जनही रु १० हजारसम्म जरिवाना गर्न सकिने भए पनि किन एक हजार मात्रै भन्नेमा प्रश्न उठाउने ठाउँ भने जिवितै छ ।  

थप कारवाहीका लागि अध्यागमन पठाईदै
जरिवाना तिरेर छुटेका उनीहरुलाई थप कारवाहीका लागि  अध्यागमन विभागमा लैजाने तयारी प्रहरकिो छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले आजै विभागमा बुझाइने जानकारी दिए ।  पर्यटक भिसामा आएर उनीहरुले अबैध गतिविधि गरेकाले विभागमा पठाउन लागिएको हो । 
उननीहरुलाई यही पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बुढानिलकण्ठलगायत ठाउँबाट  पक्राउ गरिउको थियो । उनीहरुको साथबाट सयौँ मोवाइलसहितका विभिन्न सञ्चार उपकरणहरु बरामद भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस