प्रदेश ४

पृथ्वीसुब्बा गुरुङलाई प्रदेश ४ को मुख्यमन्त्री बनाउने सहमति

आइतबार, २८ माघ २०७४, १४ : ३३
पृथ्वीसुब्बा गुरुङलाई प्रदेश ४ को मुख्यमन्त्री बनाउने सहमति

एमाले प्रदेश ४ संसदीय दलको नेता एमाले सचिव पृथ्वीसुब्बा गुरुङ हुने भएका छन् । आइतबार लेकसाइडमा भएको वार्तामा पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।

मुख्यमन्त्रीका लागि एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश इन्चार्ज किरण गुरुङको दाबी थियो । दुबै नेता संस्थापन समूहका हुन् र चुनाव हुने अवस्था आएपछि सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल पोखरा पुगेका थिए ।

दलको नेतामा सहमति जुटेपछि केहीबेरपछि बस्ने संसदीय दलको बैठकले नेता चयन गर्ने नेताहरूले जानकारी दिएका छन् । पृथ्वीसुब्बा गुरूङ लमजुङ ख बाट प्रदेशसभामा विजयी सांसद हुन् भने किरण तनहुँ– २ ख बाट निर्वाचित हुन् ।

 

प्रतिक्रिया दिनुहोस