डिभोर्सी रीमाले मनोज गजुरेललाई श्रीमान् भनेपछि‍....

पत्रपत्रिकाबाट

विहीबार, १७ पुस २०७६, ०८ : २०
डिभोर्सी रीमाले मनोज गजुरेललाई श्रीमान् भनेपछि‍....

काठमाडौं । कमेडी च्याम्पियनको १० औँ एपिसोडमा होस्ट रीमा विश्वकर्माले जज मनोज गजुरेललाई श्रीमान भनेपछि कार्यक्रममा हाँसो छायो। मनोज पनि डिभोर्सी, रीमा पनि डिभोर्सी।  श्रीमान भने लगत्तै रीमाको दिमागमा के आयो कुन्नी, उनले श्रीमान कस्तो ... भन्दाभन्दै आफैँ हाँस्न थालिन्। 

मनोजले आफूले अपेक्षा नै नगरेको कुरा आएको भन्दै भने, ‘मलाई के था, रीमाको मन पग्लिन्छ भनेर।’ मनोज भनै हौसिन थाले। उनको बोली यत्तिमा नै अडिन सकेन। रीमाले पनि आफूले बोलेको कुरा सम्झिएर हाँसो रोक्न सकिनन्। शुक्रबार साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस