काभ्रे जेसीजका उपाध्यक्ष मानन्धर रत्ननगरमा मृत फेला

सफल खबर संवाददाता

सोमबार, १४ पुस २०७६, १६ : १३
काभ्रे जेसीजका उपाध्यक्ष मानन्धर रत्ननगरमा मृत फेला

चितवन । काभ्रे जेसीजका उपाध्यक्ष कृष्णकुमार मानन्धर चितवनको रत्ननगरमा मृत फेला परेका छन् । रत्ननगर नगरपालिकाको टाँडीमा भएको ४६ औँ महाधिवेसनका लागि चितवन आएका मानन्धर इनारमा डुबेको अवस्थामा मृत फेला परेका हुन् । 
मानन्धरको शव आइतबार बेलुकी रत्ननगर नगरपालिका १ र ९ को सिमानामा रहेको इनारमा भेटिएको थियो । उनको शव प्रहरीले परिवारको रोहवरमा बाहिर निकालेको छ । 
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम रिपोर्टपछि वास्तविकता थाहा हुने प्रहरीको भनाई छ । महाधिवेसनमा आएका उनको हत्या भएको आफन्तहरुको आशंका छ । 
नेपाल जेसिजको ४६ औं महाधिवेशन पुस ९ देखि १२ गतेसम्म रत्ननगरमा भएको थियो । 

प्रतिक्रिया दिनुहोस