पाँचौं एपिक्याट समिट भरतपुरमा हुने, सुरु भयो छलफल

सफल खबर संवाददाता

आइतबार, १३ पुस २०७६, १२ : १५
पाँचौं एपिक्याट समिट भरतपुरमा हुने, सुरु भयो छलफल

चितवन । एसिया प्यासिफिक सिटिज् एलाएन्स फर टोबाको कन्ट्रोल एण्ड नन कम्युनिकेबल डिजिजेज् प्रिभेन्सन (एपिक्याट) को पाँचौं समिट एक वर्षपछि भरतपुरमा हुने भएको छ ।

आज आइतबार भरतपुर महानगरपालिकामा महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले १ डिसेम्बर २०२० देखि ३ डिसेम्बरसम्म भरतपुरमा आयोजना गर्ने निर्णय गरेको हो ।

कायक्रममा बोल्दै प्रमुख दाहालले ५औं एपिक्याट समिट भरतपुरमा आयोजना गर्न पाउँदा आफू ज्यादै खुसी भएको बताउनु भयो । उहाँले यसको तयारीमा भरतपुर महानगरपालिका दृढताका साथ लाग्ने बताउनु भयो ।

भरतपुर महानगरपालिकालाई टोबाको फ्रि महानगरपालिका घोषणा र कार्यान्वयन गर्न कुनै समस्या नभएको भन्दै उहाँले यसका लागि आवश्यक मापदण्ड पुरा गर्न यो ११ महिना एपिक्याट भरतपुर महानगरपालिका अन्य सरकारी निकाय निजी क्षेत्र र अन्य सरोकारवाला निकायहरुसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

५औं समिट भरतपुर महानगरपालिकामा गर्ने निर्णय भए बमोजिम यसलाई कसरी भव्य र उद्देश्य अनुरुप सफल बनाउने भन्ने विषयमा बैठक आयोजना गरिएको भन्दै उहाँले समिट आयोजना सुर्तीजन्य पदार्थ रोकथाममा महत्वपूर्ण हुने बताउनु भयो ।

यस फोरममा ५६ वटा विश्वका शहरहरु सदस्य रहेको भन्दै यी सिटीहरु एक आपसमा सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रणमा गरेका कामहरुको आदनप्रदान गर्ने र यसको उद्देश्य पुरा गर्न लागि पर्ने उहाँले बताउनु भयो । यसका लागि स्कुल, कलेज, मठमन्दिर, सार्वजनिक स्थानहरुमा कानुन बमोजिम नियन्त्रण गरिने छ ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टराइले टोबाको फ्रि अभियानका लागि एकिकृत ढंगले सामुहिक रुपमा अभियान चलाउनु पर्ने बताउँदै जिल्ला प्रशासन कार्यालय यसमा सँगै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

महानगरका प्रवक्ता तथा भरतपुर १० का वडा अध्यक्ष अरुण पीडित भण्डारीले ५ औं समिट भरतपुरमा आयोजना गर्न पाउँदा खुसी लागेको बताउँदै सबैको सामुहिक प्रयासले सफल हुने बताउनु भयो ।

एपिक्याटका क्षेत्रीय निर्देशक डा. तारामान बमले इन्डोनेसियामा सम्पन्न भएको चौथौं समिटले ५आंै समिट नेपालको भरतपुरमा गर्ने निर्णय गरेको स्मरण गर्नुभयो ।

५ औ समिट भरतपुरमा गर्ने घोषणा सहित चौंथो एपिक्याट सम्मेलन सम्पन्न

बैठकमा स्वास्थ्य सहर कसरी निर्माण गर्न सकिन्छ भन्ने कुराहरुमा पनि छलफल भएको थियो । ती बुँदाहरु तल प्रस्तुत गरिएको छ ।

– सुर्तीजन्य पदार्थ नियन्त्रण र रोकथाम गर्न आवश्यक भएकाले यस सम्बन्धी  अन्तराष्ट्रिय सम्मेलन गर्ने ।
– सुर्ती, चुरोट, कोकाकोला जस्ता हल्का पेय पदार्थको प्रयोगलाई रोकथाम गर्दै नियन्त्रण गरिनुपर्ने ।
– सुर्तीजन्य पदार्थको बेचविखन र प्रयोगलाई कडाइ गर्दै लैजानुपर्ने ।
– सहर, घर वा कार्यालयमा निश्चित ठाउँ छुट्याउनु पर्ने ।
– नियम विपरित बेचविखन र सेवन गर्नेलाई कडा करबाही गर्नुपर्ने ।
 

प्रतिक्रिया दिनुहोस